प्रधानमन्त्री ओलीलाई बधाई दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले यसो भने

काठमाडौँ, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाएका छन् ।

ट्रम्पले ओलीलाई नेपालको प्रधानमन्त्री भएकोमा बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकास्थित नेपाली राजदूतावासमार्फत शुक्रबार नेपाली समय अनुसार दिउँसो ट्रम्पले सो सन्देश पठाएका हुन् ।

सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामना दिनुका साथै आफू दुई देशबीचको साझेदारी बढाउन र स्थायीत्व, सुशासन र दिगो आर्थिक विकासमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

दुई देशबीचको दुईपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै जानेमा आफूले विश्वास लिएको ट्रम्पले सन्देशमा उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।