ओली नेतृत्व सरकारमा माओवादीका सबै नयाँ मन्त्री !, को–को परे ? – नामावली सहित

काठमाण्डौ, ११ फागुन । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझाव अनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

सकेसम्म सातै प्रदेश तथा जातीय,क्षेत्रीय सन्तुलन, समावेशीकरण जस्ता विषयलाई मध्यनजर गर्दै मन्त्रीहरुको सूची तयार भएको स्रोतले बताएको छ ।

आकांक्षी धेरै भएकाले यस पटक अनुभव पनि भएका र काम गरेर परिणाम निकाल्न सक्ने नेताहरुलाई चयन गरिएको छ । मन्त्रीहरुको नामसँगै उनिहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लगाएको भएपनि माओवादी केन्द्रले सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् ।

प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राई ‘हिमाल’ का विषयमा पनि छलफल चलिरहेको स्रोतले बतायो । प्रदेश २ को प्रतिनिधित्व मातृका यादव र गिरिराजमणी पोखरेल, ३ बाट रामबहादुर थापाले गरेका छन् । प्रदेश ५ बाट वर्षमान पुन, ६ बाट शक्तिबहादुर बस्नेत तथा प्रदेश ७ बाट बिना मगर मन्त्री हुने पक्का भएको छ ।

सतहमा चर्चामा आएका तर यसपटक मन्त्री हुनेको सूचीमा नपरेकाहरुलाई आफु प्रधानन्त्री हुंदा समेट्ने आश्वासन अध्यक्ष प्रचण्डले दिएको स्रोतको दावी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।