हातमा झाडु लिएर रामकुमारी र प्रदिपलाई साथै लिई लालबाबु बिहानै निस्किए सडकमा
काठमाडौं, १२ फागुन । सामान्य प्रशासनमन्त्री हुदा लोकप्रिय काम गरेर चर्चामा आएका मन्त्री लालबाबु पण्डित फेरि चर्चामा छन् । मन्त्री पण्डित वाताबरण मन्त्री भए लगत्तै दिनहुँजसो झाडु लिएर सडकमा निस्किन थालेका छन् ।
सस्तो लोकप्रियताको लागि नभई जनतालाई सफाई अभियानमा उत्प्रेरित गर्न उनी सडकमा दिनहुँजसो आइरहेका उनी निकट अखिल केन्द्रीय कमिटिका सचिव वसिम आलम बताउँछन् । शनिबार बिहानै पनि लालबाबु सडकमा देखिए ।
तर, शनिबार उनी मात्रै देखिएनन् एमालेका दुई चर्चित नेता पनिसँगै थिए, सचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य रामकुमारी झाँक्री पनि मिनभवन काठमाडौं क्षेत्रको सडकमा झाडु लिएर आएका थिए ।
उनीहरुले नागरिकलाई सफाई अभियानमा लाग्न हौसाए र, उत्प्रेरित गरे । सफाईमा प्रदेश सभा सदस्य गणेश दुलाल, क्लिन काष्टमण्डव अभियानका केपी खनाल क्लिन शंखमूल अभियान्ता केशव आचार्य, मिनभवन क्याम्पसका क्याम्पस प्रमुख प्राडा जीवन भट्टराई पनि यो अभियानमा सामेल थिए ।


