प्रदेश नं ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं : मुख्यमन्त्री गुरुङ

बेनी, म्याग्दी, १२ फागुन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर, शान्त, समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ ।

आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

देशभरका करिब दुई हजार लायन्सको सहभागिता रहेको सो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले नेपाली राजनीतिमा सहजरुपमा सत्ता हस्तान्तरण गर्ने संस्कृति र संस्कार नभएको र गुटबन्दी भइरहेको बताउँदै लायन्स क्लबबाट राजनीतिकदलले धेरै कुरा सिक्नुपर्छ भन्नुभयो ।

उहाँले प्रदेश नेपालकै उत्कृष्ट प्रदेश हुनसक्ने प्रशस्त आधार रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने खालका योजना ल्याइने बताउनुभयो ।

प्रदेश नं ४ मा शुरु भएका योजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले लगानीमैत्री वातावरणको अभावमा कैर्यौं पर्यटन र विकासका योजना अल्झिएकाले लगानीमैत्री वातावरण बनाउन पहल गरिने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।