पार्टी भित्रको समस्या देख्न नसकेको भन्दै नेविसंघले दियो देउवालाई चस्मा उपहार

देउवालाई नेतृत्व छोड्न दवाव दिंदै कांग्रेस कार्यालयमा धर्ना

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेका बेला भातृ संगठन नेविसंघले कार्यालय बाहिर प्रदर्शन गरिरहेका छन् ।

कांग्रेसभित्रको तीव्र गुटबन्दी अन्त्य गर्न माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए । त्यस क्रममा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पुगेका सभापति शेरबहादुर देउवालाई उनीहरुले पार्टीभित्रको गुटबन्दी अन्त्यको माग गर्दै चस्मा उपहार दिएका थिए ।

पार्टी भित्रको समस्या देउवाले देख्न नसकेको भन्दै उनीहरुले चस्मा दिएका दिए । तर सभापति देउवाले चस्मा लिन मान्नु भएन । पार्टीको नेतृत्वबाट विश्राम लिन र युवा पुस्तालाई नेतृत्व छाड्न उनीहरुले माग गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।