‘वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी छैन’

उर्लाबारी । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताउनुभएको छ ।

मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले आज आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा उहाँले भन्नुभयो, “काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको थियो ।”

मन्त्री ढकालले तत्कालिन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइड बडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त गर्नुभयो ।

डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको पनि उहाँले बताउनुभयो ।

यसैबीच मन्त्री ढकालले प्रदेश नं १, पथरीशनिश्चरे नगरपालिका–१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीका टिप्पणी नगर्न सबैमा आग्रह गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पथरी शनिश्चरेमा आज आयोजित कार्यक्रममा उहाँले हालसम्म १५६ वटा कानून बनाएर विधिको शासनको जग बसालेको बताउँदै वैशाखसम्ममा भूमिसम्बन्धी कानून बनाइसक्ने जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖