वैदेशिक रोजगारीमा छँदा खुट्टा गुमाएका शर्मालाई १ लाख सहयोग प्रदान

उर्लाबारी । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाँहिने खुट्टा गुमाएका मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का ३९ वर्षीय वीरबहादुर शेर्मालाई आज रु एक लाख ५०० सहयोग प्रदान गरिएको छ ।

उहाँलाई देश तथा विदेशमा रहनुभएका नेपालीद्वारा सङ्कलन गरिएको उक्त रकम प्रदान गरिएको हो । रूपेश शेर्माको अगुवाइमा मलेशियामा सङ्कलित रु ५० हजार, टिकेन्द्र शेर्माको अगुवाइमा कोरियामा सङ्कलित रु ३६ हजार र नरेन शेर्माको अगुवाइमा नेपालमा सङ्कलित रु १४ हजार ५०० उहाँलाई प्रदान गरिएको छ ।

सङ्कलित रकम झापा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले घाइते वीरबहादुरलाई उहाँकै घरमा पुगेर हस्तान्तरण गर्नुभएको थियो । साउदी अरबको रियादस्थित कृषि फारममा कार्यरत रहँदा २०७४ साउन २२ गते दुर्घटना हुँदा चोट लागेपछि त्यहाँका चिकित्सकले शल्यक्रिया गर्नेक्रममा दायाँ खुट्टा काट्नुपरको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।