बिभिन्न १२ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ सम्पन्न

भक्तपुर, २९ पुस । युवाका हक, अधिकार र अवसरकाबारेमा बिभिन्न १२ बुँदे घोषणा पत्र जारी गर्दै दुईदिने प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ आज सम्पन्न भएको छ ।

युवाका साथ साथ आवाज नेपालले, राष्ट्रिय युवा परिषद् तथा सुर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमि नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरको सहकार्यमा एवं गैरसरकारी संस्था महासंघ भक्तपुर सहित राष्ट्रिय तथा जिल्लामा क्रियाशिल अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वयमा आयोजना गरेको सम्मेलन सरकारसंग बिभिन्न माग गर्दै घोषणा पत्र जारी गरेको हो ।

सम्मेलनमा तीनै तहका सरकारले देशको युवा जनशक्तिलाई स्वदेशमा नै उत्पादनमुलक कार्यमा संलग्न हुन अवसर र वातावरण श्रृजना गनुपर्ने, युवालाई व्यवसायिक तथा प्राविधिक सीपमुलक तालिमहरु प्रदान गर्र्नुपर्ने, स्थानीयस्तरमा भएका स्रोतसाधन अनुकुल उद्योग स्थापना र युवा स्वरोजगार प्रबद्र्धनका कार्यक्रम संचालन गर्नुपर्ने, युवा उद्यमीका लागि सरकारले ल्याएको सहुलियतपुर्ण ऋणकर्जा एवं सुविधाहरु लिने प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउनुपर्ने,े स्थानीय सरकारले अनिवार्य रुपमा युवा सहभागितामा योजना निर्माण र बजेट विनियोजन गनुपर्ने माग गरेको छ ।

घोषणा पत्र वाचन गर्दै युवाका साथ साथ आवाज नेपालका संस्थापक दिपेश बिसुङ्खेले युवा नेतृत्व संघ संस्थाहरुसँग साझेदारी गर्दै रणनीति कार्यक्रम ल्याउनुपर्ने, सामाजिक विकासमा युवा सहभागिता अनिवार्य गर्नुपर्ने, युवाहरुमा स्वरोजगार, उद्यमशिलता र वित्तिय साक्षरता अभिवृद्धि गर्न पाठ्यक्रम यथाशिघ्र पुर्नलेखन गर्नुपर्ने, राज्यका हरेक तह, निकाय तथा संरचनाहरूमा युवाहरुको समानुपातिक समावेशी सहभागिता हुनुपर्ने, राज्यले स्थानियतहमा नै युवाहरुको लागि सहुलियत शिक्षाको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारीमाबाट सिकेका सीप र सिर्जनालाई आफ्नै देश विकासमा लगाउन विशेष आर्थिक नीति तथा कार्यक्रम लागु गर्न माग गरेको छ ।

त्यस्तै युवालाई स्वरोजगार तथा उद्यमी बनाउन गठित युवा स्वरोजगार कोषको क्षमता तथा दक्षतामा वृद्धि गर्दै सबै प्रदेशहरुमा यसको संरचना बिस्तार गर्नुपर्ने, कोषमा युवा नेतृत्व हुनुपर्ने, यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक र सामाजिक रुपमा पछाडि परेकाहरूको पहिचान सहित सम्मानपूर्वक समानतापुर्ण जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने र रोजगारीका लागि नीजि क्षेत्रलाई युवामाथि लगानी गर्न, युवा स्वरोजगार र उद्यमशीलता प्रवद्र्धन गर्न माग गर्दै घोषणा पत्र जारी गरेको छ ।

भक्तपुरका चारवटै नगरपालिकाबाट १५० भन्दा बढी युवाहरूको सहभागिता रहेको सम्मेलनमा बिभिन्न व्यक्तिहरुले सहजिकरढा गर्नुका साथै युवा नेतृत्वकाबारेमा प्रशिक्षण दिईएको संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिधिनी सभाको सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले आफूले युवा संघको नेतृत्व लिएर सुरु गरेको क्रान्ति र विकासको चर्चा गर्दै अहिले पनि युवाहरुले देश विकासको लागि विकास क्रान्ति गर्नुपर्ने बताउनुभयो ।

युवाहरुबाटै देश विकास सम्भव भएको बताउदै उहाँले युवाहरुले देले यो दिएर, त्यो दिएन भन्नु भन्दा पनि देशको लागि हामीले के दियौ भनेर सोच्नु पर्ने चर्चा गर्दै रोजगारी माग्ने भन्दा आफै उद्यमी बनेर रोजगारी दिने निकायका रुपमा युवा अगाडि बढ्नु पर्नेबताउनुभयो ।

संस्थाका अध्इक्ष राजेश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रदेश नं. ३ का प्रदेश सदस्य सरस्वती बाटी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैरसरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा बजगाई लगायतले विकाश र सम्बृद्धिका लागि युवा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।