बालगृहलाई उर्लाबारी परिवार हङकङ को डेढ लाख सहयोग
अनाथ बालबालिकाले यसरी गाए 'धन बिनाको मन' - भिडियो
उर्लाबारी । उर्लाबारी परिवार हङकङ ले आज एक कार्यक्रम को आयोजना गरि उर्लाबारी -७ मा अबस्थित नमुना बालगृह लाई सहयोग हस्तान्तरण गरेको छ ।
गृहमा आयोजित कार्यक्रम मा उर्लाबारी परिवार हङकङ का निवर्तमान अध्यक्ष बिकास लिम्बू ,सल्लाहकार पुर्ण वाईवा ले उर्लाबारी नगरपालिका वार्ड नम -७ का अध्यक्ष बिरबल थापा को रोहवरमा गृह कि अध्यक्ष मिना बराल लाई एक लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।
भौतिक निर्माण का लागि प्रयोग गर्ने गरि सो रकम प्रदान गरिएको हो । हङकङमा आयोजित म्युजिकल कार्यक्रममा सन्कलित रकमबाट सहयोग गरिएको राकेस राईले बताउनु भयो ।
https://youtu.be/vjA3SXbfiq4


