भूमि व्यवस्थापनमा नीतिगत काम हुँदैछ : मन्त्री अर्याल

खस्यौली, ५ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले भूमि व्यवस्थापनका विषयमा नीतिगत काम गरिरहेको जानकारी दिनुभएको छ । आज यहाँस्थानीय पत्रकारसँग कुरा गर्दै उहाँले मुलुकमा पहिलोपटक भू्–उपयोग नीति ल्याएर भूमिको व्यवस्थापन गर्न खोजिएको छ भन्नुभयो ।

मन्त्री अर्यालले मालपोत ऐन, गुठी ऐनलगायतका ऐन संशोधनको तयारी भएको उल्लेख गर्दै भूमिसम्बन्धी संरचनागत काम भइरहेको र एक वर्षभित्रै परिणाम आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकारको कार्यकालमा सुकुम्वासी समस्या समाधान हुन्छ ।” मन्त्री अर्यालले भूउपयोग नीति लागू भएको तीन वर्षमा जमीन बाँझो राख्न नपाइनेमा जोड दिँदै जमीन बाँझो राख्ने दण्ड, सजायको भागीदार हुनुपर्ने बताउनुभयो ।

उहाँले जमीनको कित्ताकाट सैद्धान्तिक रुपमा रोकिएपनि व्याहारिक रुपमा कित्ताकाट नरोकिएको उल्लेख गर्दै स्थानीय तह जिम्मेवार भएर कित्ताकाट हुनेछ भन्नुभयो । मन्त्री अर्यालले विगतमा भएका कित्ताकाटभन्दा भिन्न ढङ्गले जमीनको कित्ताकाट गरिने उल्लेख गर्दै कित्ताकाटका लागि अहिले प्राविधिक संयन्त्र निर्माण गरिने र त्यो अस्थायी हुने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।