सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जान्छ : मुख्यमन्त्री राई

उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ ।

मोरङको पथरी, शनिश्चरे नगरपालिका फ्रेण्डसिप चेस क्लब, मोरङको आयोजनामा आजदेखि शुरु शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले तीनवटै तह सरकारको लक्ष्य समृद्धि र विकाश भएको बताउनुभयो ।

मुख्यमन्त्री राईले देशमा पहिलोपटक सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले काममा केही ढिला र अल्मिलिए जस्तो देखिएको बताउनुभयो ।

बुद्धिचाल खेल रणनीतिक महत्वको खेल रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री राईले बुद्धिचाल खेलले बौद्धिक अभ्यासमा मात्र होइन, मानिसलाई मागदर्शन र स्वभाविक गतिमा हिँड्न प्ररेणा दिने उल्लेख गर्नुभयो ।

पाँच दिनसम्म चल्ने प्रतियोगितामा देशभरिका १५० भन्दी बढी खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ४० हजार, तेस्रो हुनेलाई रु ३० हजार, चौथो रु २० हजार, पाँचांै हुनेलाई रु १५ हजार गरी उत्कृष्ठ १५ लाई नगद, ट्रफी, प्रमाणपत्रले पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।