सङ्घीयता गिराउने अनेक षड्यन्त्र र दाउपेच भइरहेको छ : मुख्यमन्त्री राई

इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गर्नुभएको छ ।

आज इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताउनुभयो । “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ”, राईले भन्नुभयो, “हामी नयाँ ढाँचामा काम गरेकाले केही समस्या आएको हो ।”

उहाँले सङ्घीयता विफल हुन कुनै पनि हालतमा नदिने विचार व्यक्त गर्नुभएको छ । सङ्घीयताका कारण मात्रै समृद्धि घोषणा गर्न सकिने भएकाले यस्तो नयाँ संरचना अपनाइएकोसमेत जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा मुख्यमन्त्री राईले प्रदेश नं १ लाई आत्मनिर्भर बनाउने अभियानमा रहेको बताउनुभएको छ । उहाँले प्रदेशका पूर्वाधारलाई परिचालित गरेर प्रदेशमा सबै क्षेत्रमा आत्मनिर्भर बनाउने अभियान लागेको बताउनुभयो । उहाँले प्रदेशले बजेटमात्र छुट्याएर नभई प्रविधितर्फउन्मुख भएर प्रदेशलाई नमूना बनाउने अभियानमा लागेको जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।