उर्लाबारीका सामुदायिक विद्यालयमा पनि अब विद्युतीय हाजिरी !

उर्लाबारी । उर्लाबारी नगरपालिका अन्तर्गतको सामुदायिक विद्यालयमा इहाजिरी जडान कार्य सुरु भएको छ ।

राधिका मावि—उर्लाबारी ६ मा आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले इ हाजिरीको उद्घाट गर्दै सवै विद्यालयमा अनिवार्य गरेको बताउनुभयो । नगरपालिकाको सहयोगमा नगरका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य गरेको र अव इ हाजिरी जडानको काम सुरु भएको मेयर फागोको भनाई छ । ‘स्थानीय तह सञ्चालन ऐनका आधारमा शैक्षिक प्रशासनलाई सुदृढीकरण गर्न यस्तो प्रविधि अनिवार्य गर्ने निर्णय गरेका हौं,’ फागोले भन्नुभयो । पहिलो दिन नै यसको सुरुवात राधिका माविबाट गरिएको हो ।

शिक्षकहरूले विद्युतीय माध्यमबाट हाजिर गरी सुरुवात गर्नुभएको छ । नगरभित्रका सबै मावि र आधारभूत तहका विद्यालयमा यस्तो अभ्यासको थालनी गरेको फागोले बताउनुभयो ।

कर्मचारीले इ हाजिरी शुरु भएपछि हातको औँलाले हाजिरी यन्त्रमा थिचेर उपस्थित भए नभएको जनाउनुपर्ने हुन्छ र समयको पालना पनि गर्नुपर्ने बाध्यता रहन्छ ।

विद्यालय निरीक्षकले ल्याएको तथ्यांकअनुसार शिक्षकको लापरबाही भएको विद्यालयमा दिनको तीनपटक र अन्य विद्यालयको हकमा दुईपटक विद्युतीय हाजिरी गर्नुपर्नेछ । सबै विद्यालयमा एकरूपता ल्याउने योजनाका साथ काम गरिएको मेयर फागो बताउनुहुन्छ।

‘एउटा शिक्षकले दिनमा तीनपटक हाजिर लगाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बिहान १० बजे, दिउँसो १ र बेलुका ४ बजे । सामान्य विद्यालयमा भने बिहान र बेलुका मात्र लगाउनुपर्छ । यसको लेखाजोखा सबै विद्यालय आ–आफूले राख्नेछन् र मासिक रूपमा नगरपालिका कार्यालयमा ल्याएर बुझाउने छन् ।’

राधिका माविका प्रधानाध्यापक कुमार पोखेरेलले विद्यालय प्रविधीमैत्रि बनेकोमा खुशी प्रकट गर्दै यस कार्यले शैक्षिक उन्नतीमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभएको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष चन्द्रबहादुर राई,सदस्य दीपेन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।