सांसद दवाडीद्वारा सम्पूर्ण तलबभत्ता विकास निर्माणमा खर्च

गोरखा । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नुभएको छ ।

सांसद दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु सात लाख ३० हजार ३१५ सामाजिक क्षेत्रमा खर्च गर्नुभएको हो । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) बाट नेपाली काङ्गेसका तर्फबाट निर्वाचित हुनुभएका सांसद दवाडीले तलबभत्ताबापतको रकम मोटरबाटो निर्माण, एम्बुलेन्स खरीद, विभिन्न महिला समूहलाई भवन निर्माणका लागि खर्च गरेको जानकारी दिनुभयो । त्यस्तै तीन वटा विद्यालयलाई विद्यालय सञ्चालनका लागिसमेत रकम प्रदान गरेको उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियनले गोरखाले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारबाट तलबभत्ताबापत प्राप्त रकममा थप रु चार लाख ९० हजार ९०५ थप गरी एक वर्षको अवधिमा कूल रु १२ लाख २१ हजार २२० आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको जानकारी दिनुभयो ।

“मैले निर्वाचनमा जितेलगत्तै सांसद भएबापत आफूले पाउने सेवा सुविधा विकास निर्माणका खर्च गर्छु भनेर प्रतिबद्धता जनाएको थिए”, उहाँले भन्नुभयो, “मैले सेवा सुविधा व्यक्तिगत खर्च गर्नु मनासिव ठानिन ।”

सांसद दवाडीले आफ्नो पेशा व्यवसायबाट हुने नाफाको कम्तीमा पाँच प्रतिशत रकमसमेत समाज सेवा खर्च गर्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।