आर्थिक क्रान्तिमा जुट्न मन्त्री आङ्बोको आह्वान

भद्रपुर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकमा राजनीतिक क्रान्ति पूरा भएको बताउँदै अब आर्थिक क्रान्तिका लागि निजी क्षेत्रलाई जुट्न आह्वान गर्नुभएको छ ।

आज झापाको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको पद हस्तान्तरण कार्यक्रममा उहाँले वैचारिक आस्था आ–आफ्ना ठाउँमा भए पनि सम्पूर्ण नेपालीले आर्थिक क्रान्तिका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री आङ्बोले विकासमा पक्ष र प्रतिपक्ष खोज्न नहुने बताउँदै भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि दलहरुबीचको उच्च एकता र सहमतिले मात्र सम्भव भयो, अब विकासका लागि पनि त्यसरी नै लागे मात्र आर्थिक क्रान्ति सम्भव हुन्छ ।”

उहाँले निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै आधुनिक कृषि प्रणालीको विकास गर्नसके प्रदेश नं १ लाई आर्थिक क्षेत्रमा पनि १ नं नै बनाउन सकिने बताउनुभयो । नेपालमा उत्पादित वस्तु सबैभन्दा बढी प्रदेश नं १ बाटै निर्यात भइरहेको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष चण्डी ढकाल, प्रदेश नं १ का अध्यक्ष नरेन्द्र खड्कालगायतले कृषिको व्यवसायीकरण गर्न विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।