जिपले ठक्कर दिएको घाइतेलाई हेलिकप्टरद्वारा काठमाडौँ लगियो

गलकोट, १३ माघ । बागलुङ नगरपालिका–२ हल्लनचोकमा एक जिपले ठक्कर दिँदा सख्त घाइते भएकी एक महिलालाई थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडाँै लगिएको छ ।

आज बिहान तीव्र गतिमा पोखरातर्फ जाँदै गरेको ग १ ज ५२९९ नं को जिपले स्थानीयवासी २६ वर्षीया ज्योति सापकोटालाई ठक्कर दिँदा उहाँ सख्त घाइते हुनुभएको थियो ।

घाइते सापकोटालाई धौलागिरि अञ्चलअस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डाइनेष्टिक एयरको हेलिकप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको घाइतेका आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक अर्जुन बस्नेत र जिपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।