सञ्चार क्लब उर्लाबारीलाई कम्प्युटर सहयोग

उर्लाबारी । सञ्चार क्लब नेपाल उर्लाबारीलाई मुर्तिकार मञ्जुल मितेरीले एक थान कम्प्यूटर सहयोग गरेका छन् ।

आइतबार उर्लाबारी–६ निवासी मुर्तिकार मितेरीले २६ हजार बराबरको एक थान कम्प्युटर सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, पूर्वअध्यक्ष एबं सल्लाहकार जगन्नाथ भट्टराई, घनश्याम भण्डारीलगायतलाई हस्तान्ततरण गरेका हुन् । राष्ट्रलाई १ हजार मुर्ति उपहार स्वरुप दिने घोषणा गरेर चर्चामा आएका मितेरी विश्वकै ठूलो गौतम बुद्धको मुर्ति जापानमा बनाइरहेका छन् ।

छुट्टीको समयमा केही समयअघि उर्लाबारी आएका मितेरीले सञ्चारमाध्यमकै कारण आफू यो स्थानमा पुगेको भन्दै सानो मायाको चिनो स्वरुपमा सञ्चार क्लबलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । आगामी दिनमा पनि क्लबलाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रम क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो भने क्लबका पूर्व सचिब तेजन खड्काले सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्वअध्यक्ष एबं सल्लाहकार घनश्याम भण्डारी, प्रेस युनियन मोरङका उपाध्यक्ष हरि कोइरालालगायतले बोलेका थिए भने क्लबका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको महासचिब किशोर श्रेष्ठले जानकारी दिए । २०६० सालमा स्थापना भएको क्लबका पूर्वी मोरङका ४६ जना पत्रकार आबद्ध रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖