फिनल्याण्डका राजदूतले गरे खानेपानी आयोजना हस्तान्तरण

गोरखा, १६ माघ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ राङरुङमा निर्माण सम्पन्न खानेपानी आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि फिनल्याण्डका राजदूत पोटी एन्टिनेटले मङ्गलबार सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । उक्त आयोजना कूल रु आठ लाख १५ हजारमा निर्माण भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

युनिसेफको सहयोगमा निर्माण भएको सो आयोजनाबाट त्यस क्षेत्रका बासिन्दा लाभिान्वित भएका छन् । भूकम्पपछि खानेपानीको समस्या हुँदा त्यहाँ खानेपानीको आयोजना निर्माण गरिएको हो । युनिसेफ र श्री स्बारा सघन गाउँ विकास केन्द्र गोरखाको साझेदारीमा सो आयोजना निर्माण सम्पन गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।