म पापको खोल ओडेर धर्ती छोड्न चाहन्न : धुर्मुस (भिडियो सहित)

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक हिसावमा स्वच्छ रहन सुझाव दिइरहेका फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले कुनै पनि बहानामा आर्थिक हिनामिना नहुँने बचन दिएका छन् ।

धुर्मुस–सन्तुली फाउन्डेशनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ । घोषणा कार्यक्रममा पुगेका वरिष्ठ कलाकार मदनकृष्ण र प्रधानमन्त्रीले स्वच्छ र सक्रिय बन्न धुर्मुसलाई सल्लाह दिएका थिए । धुर्मुस–सन्तुली फाउन्डेशनले सहयोग स्वरुप उठेको रकम हिनामिना गरेको बाहिर हल्ला पनि चलेका छन् । त्यही बिषयलाई लक्षित गरी मदनकृष्ण र प्रधानमन्त्री ओलीले स्वच्छ र सक्रिय हुन आग्रह गरेका छन् ।

मदनकृष्ण र प्रधानमन्त्रीको सुझावपछि धुर्मुसले पापको भारी बोकेर धर्तिबाट आफु विदा हुन नचाहेको स्पष्ट जवाफ दिएका छन् । ‘म पापको भारी बोकेर यो धर्तिबाट बिदा हुन चाहन्न’ धुर्मुसले भने ‘ नागरिकको कर्तब्य पुरा गर्न म लागि परेको छु, आफ्नो पसिना काटेर दिएको सहयोगमा कुनै पनि अनिमितता हुँदैन, म पापको भारी बोक्न चाँहदिँन ।’

उनले चितवनमा बन्ने रंगशाला नेपाल शैलीको हुने बताए । ‘यो विश्वकै नमुना रंगशाला हुनेछ, नेपाली शैली र कलामा आधारित रंगशाला बनाउने योजना हामीले गरेका छौ’ धुर्मुसले भने ‘विश्वमै जनताको लगानीबाट बनको पहिलो अन्तराष्ट्रि रंगशाला हुनेछ ।

https://youtu.be/7T-e2ZcJC3I



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।