केबलकारले मजदुरलाई रोजगारी दिने

पर्वत । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र शेयर लगानीको अवसर दिन लागेको हो ।

पञ्चासेसँंग जोडिएका साविकका १८ गाउँ विकास समितिका स्थायी बासिन्दाका लागि यो सुविधा लागू गरिएको कम्पनीले जनाएको छ । स्थानीय रूपमा बसोबास गर्ने आयस्रोत नभएका र तत्काल कम्पनीले तोकेको न्यूनतम पूँजी पु¥याउन सक्ने हैसियत नभएका किसान मजदुरलाई मात्र यस कार्यक्रममार्फत सुविधा दिन लागिएको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।

कम्पनीमा लगानी गर्न कम्तीमा रु एक लाख लगानी गर्नुपर्छ । रु एक लाख लगानी गर्न नसक्ने र रोजगारी गरेर त्यसैबाट पनि शेयर सदस्य बनी मुनाफामा सहभागी बन्न सक्ने भएकाले प्रभावित क्षेत्रका लागि अवसर भएको अध्यक्ष शर्माको भनाइ छ ।

पर्वतबाट निर्वाचित सबै जनप्रतिनिधि सदरमुकाम कुश्मामा

जिल्ला समन्वय समिति पर्वतको आयोजनामा वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न हुने भएको छ । जिल्ला समन्वय समिति र जिल्लाका सातवटै स्थानीय तहका गतिविधि, कार्यक्रम र विकास निर्माण, बजेट खर्चको अवस्थालगायतका विषयमा समीक्षा गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रतिनिधिसभाका सांसदद्वय पदम गिरी र लालकाजी गुरुङलगायत प्रदेशका सांसदहरुको सहभागिता हुने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।