‘धनकुटा राजधानी’ माग गर्दै र्याली गरिने
धनकुटा खबर । धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउनका लागी प्रदेश सभाका सदस्यहरुलाई अनुरोध गर्दै प्रदेश सभाको बैठक शुरु हुने माघ २० गते धनकुटामा सदभावना र्याली गरिने भएको छ ।
धनकुटा प्रदेश न १ को प्रादेशिक राजधानी बनाऔ अभियान समितिको आयोजनामा आज भएको बजारबासीहरुको बैठकले १ नम्वर प्रदेश सभाको बैठक शुरु हुने माघ २० गतेका दिन धनकुटा बजारमा सदभावना ¥यालीको आयोजना गर्ने आज निर्णय भएको अभियान्त विजय सन्तोषी राईले जानकारी दिए ।

धनकुटा राजधानी निर्माण परिचालन समितिका संयोजक सुन्दरवाबु श्रेष्ठको अध्यक्षतमा भएको बैठक तथा भेलामा धनकुटा राजधानी निर्माण समितिका अभियान्त विजय सन्तोषी राई,सुजन भाई जोशी,जगत वहादुर श्रेष्ठ,सत्यनाराण श्रेष्ठ,विष्णु पौडेल,दिल कुमार राई,पुनमजंग राणा,रोशनराज अमात्य,डम्वर कटुवाल,हरी प्रधान,कविन्द्र अधिकारी,ठगिन कुमार राई, नेपाल निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसी,नेत्र वहादुर खड्का, लगायतले धनकुटा १ नम्वर प्रदेशको राजधानी हुन उपयूक्त रहेकाले अभियानलाई व्यापक बनाउनु पर्ने सुझाव समेत दिएको संयोजक सुन्दरवाबु श्रेष्ठले जानकारी दिए ।


