२ वर्षमा १ सय सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा !

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गरिने बताउनुभएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको आज स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विकास र समृद्धिको यात्रामा देशमा धेरैभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा जीवनोपयोगी र सीपमूलक शिक्षा प्रदान गर्न प्रदेश सरकार लागिपरेको जानकारी गराउनुभयो ।

उहाँले प्राविधिक शिक्षाका लागि व्यावसायिक तालीम केन्द्रहरु स्थापना गर्ने कार्यक्रम बनाउने काम भइरहेको बताउनुभयो । आगामी दुई वर्षमा प्रदेशमा १ सय सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा शुरु गरिने उल्लेख गर्दै उहाँले शैक्षिक क्षेत्रलाई राजनीतिकबाट मुक्त गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तनका खाका तयार भइरहेको जानकारी गराउनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन प्रदेश सरकारको अहिलेको चुनौती रहेकाले सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढाउन अङ्ग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाइने बताउनुभयो । उहाँले चालू आव प्रदेशमा एक हजार ३ सय विद्यालयमा ई–इजुकेशन शुरु गरिने प्रतिबद्धता जनाउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।