बोलेरो दुर्घटना, एकको मृत्यु

मेलम्ची, २६ माघ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ फेदेवामा बोलेरे दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

याङिबाट मेलम्ची आउँदै गर्दा बा १५ च २७४१ नम्बरको बोलेरो सडकबाट २० मिटर तल खोलामा खस्दा बोलेरो चालक मेलम्ची नगरपालिका–७ का भीम रसायलीको घटनास्थलमा नै मृत्यु भएको मानेखर्क प्रहरी चौकीका प्रमुख रमेश महतले जानकारी दिनुभयो ।

बोलेरोमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।