नेपालमा के हुँदैछ भनेर संसारले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भयो : प्रचण्ड

काठमाडौँ, १ फागुन । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवस सहिदहरूको सपनाहरू पुरा गर्न निरन्तर संकल्प गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएकाे छ ।

अध्यक्षले भन्नुभयाे, ‘इतिहासको वस्तुगत विकासको प्रक्रियाले, नेपाली जनताको चाहना र कम्युनिस्ट आन्दोलनको वस्तुगत अवश्यकताले यी दुबै प्रयोग देशमा सामन्तवादविरुद्धका धारहरू भएको प्रमाणित भएपछि नै विस्तृत शान्ति सम्झौतादेखि पार्टी एकीकरणको अवस्थासम्म ल्याइपुऱ्याएको हाे ।’

बुधवार पार्टी कार्यालय धुम्बाराहीमा २४ औं जनयुद्ध दिवस मनाउने क्रममा उहाँले आफूले नेकपाको एकतालाई अझ सुदृढ र बलियो बनाउने बताउनुभयाे । उहाँले दुविधा र भ्रम त्यागेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरूलाई आव्हान पनि गर्नुभयाे। अध्यक्षले नेपालमा के हुँदैछ भनेर सांसरले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भएको बताउनुभयाे ।’

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक तरिकाले सामन्तवाद र वैदेशिक हस्तक्षेपको विरोध गर्ने मदन भण्डारीलाई सम्झन्छु, सम्मान गर्छु । उहाँको सम्मानमा जेठ ३ गते पार्टी एकताको घोषणा गर्यौं । आज फागुन १ गते जनयुद्ध र विद्रोह शुरू भएको दिन हो, यो दिनलाई शहीदहरूको स्मृति र सम्झनाका रूपमा मनाउने सामुहिक निर्णय भएको छ । यो ऐतिहासिक हो ।’

पार्टी एकतापछि मनाइएको जनयुद्ध दिवसले बैचारिक राजनीतिक एकतालाई सुदृढ गर्न र सांगठनिक एकताका लागी महत्वपूर्ण हुने भन्दै उहाँले भन्नुभयाे, ‘यहाँसम्म आइपुग्दा हामी संवैधानिक व्यवस्थाभित्र शान्तिपूर्ण रुपमा समाजवाद उन्मुख राज्यतर्फ अघि बढ्ने प्रतिवद्धमा अघि बढेका छौ।’

उहाँले अहिलेपनि एकतामा नआएका कम्युनिष्ट पार्टीहरुलाई पनि एकतावद्ध भएर अघि बढ्न आह्वान गर्दे जनयुद्धमा सहभागी भएका सवै समूह र पार्टीहरुलाई सवै खालका ‘कन्फ्युजन’ छाडेर एकताबद्ध हुन अपिल गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘मुलुकको परिवर्तनलाई सफल पार्ने जिम्मेवारी सबैको हो, हामी सबै एकै स्थानमा गोलवद्ध हुन सक्यौ भने छिटै हामि सफल हुनेछौ । ’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।