जनयुद्धमा मान्छे मारिएकोमा बाबुरामले मागे माफी !

गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीले गरेको जनयुद्धमा मान्छे मारिएकोमा क्षमा याचना गरेका छन् ।

पूर्वपश्चिम जनजागरण अभियानको क्रममा बुधबार गृह नगर गोरखाको पालुङटार पुगेका डा. भट्टराईले जनयुद्धप्रति गर्व भए पनि मान्छे मारिएकोमा क्षमा याचना गरेका हुन् ।

पालुङटार नगरपालिकाका जनप्रतिनिधि तथा बासिन्दासँगको अन्तरक्रियामा भट्टराईले त्याग र बलिदानबाट नै राजतन्त्र हटेर देश संघीय गणतान्त्रिक बनेको बताए । जनयुद्धका शहीद, बेपत्ता परिवारजन, घाइते सबैप्रति नतमस्तक रहेको बताए ।

राजनीतिमा पनि त्याग र बलिदान नगरी उपलब्धि प्राप्त नहुने उनको भनाई छ । जनयुद्ध लडेको हिजोको क्रान्तिकारी शक्ति भ्रष्टाचारमा डुबेको भन्दै उनले आफूहरू बाँचेर पनि मरेकोजस्तो हुने त होइन भनेर प्रश्न गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।