आमा मृत छोराछोरी बेपत्ता

सोलुखुम्बु, १४ फागुन । खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले सोहीदिन बिहान ७ः३० बजे जिम्मा लिएर घरतर्फ लागे पनि त्यहाँ नपुगेपछि खोजी गर्दा सोही दिन दिउँसो १ः३० बजे आमाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा फेला परेको थियो। छोराछोरीको अवस्था अझैसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“उनीहरुको खोजी जारी राखेका छाँै ।”, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले भन्नुभयो, “आजसम्म उनीहरुको अवस्था अज्ञात छ, सबैले खोजीमा सहयोग गरिदिनुप¥यो ।” प्रहरीका अनुसार मृतक महिलाको शव परीक्षणका लागि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।

मृतकका छोराछोरीको चप्पल र कपडासमेत दूधकोशी नदी किनारमा भेटिएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । प्रहरीले आसपासका क्षेत्रमा खोजीलाई तीव्रता दिनाका साथै उक्त नदी बहने छिमेकी जिल्ला ओखलढुङ्गा, खोटाङ र उदययपुरका प्रहरी एकाइलाई समेत खोजीका लागि आग्रह गरेको जनाएको छ ।

आमाको शव नदी किनारमा भेटिएको र छोराछोरीको कपडासमेत फेला परेकाले उनीहरूसँगै खोलामा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । बेपत्ता ङिमाडोमा र कुङ्गादोर्जी सोही गाउँपालिकाको–७ मा रहेको हिमालयन आधारभूत विद्यालयको होस्टलमा बस्दै आएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।