३ जिल्लाका प्राविधिकले छाडे काम !
धनकुटा खबर । सेवा सुविधासम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत राष्ट्रिय पुननिर्माण प्रधिकरणका प्राविधिकहरुले मंगलबारबाट काम ठप्प पारेका छन् ।
देशैभरीबाट आन्दोलनमा उत्रेका प्राबिधिकहरुले १ नम्वर प्रदेशका पहाडी जिल्लामा खटिएका असिस्टेन सवइन्जिनियर, सवइन्जिनियर र इन्जिनियरहरुले मंगलबारबाट कार्यस्थल छोडेका हुन् ।
फिल्डमा खटिए बापतको अतिरिक्त सुबिधा, प्रोत्साहन भत्ता, स्वास्थ्य र दुर्घटना बिमा, भौतिक सुरक्षा लगायतका बिभिन्न ५ वटा माग राख्दै उनीहरुले काम छाडेका हुन् ।

मगलबार पुनरनिर्माण कार्यालय धनकुटामा प्रदर्शनपछि बिज्ञपती जारी गरेर आन्दोलित धनकुटा, तेह्रथुम र भोजपुर जिल्लामा कार्यरत ७० जनाले काम छाडेको प्राबिधिकहरुले जानकारी दिएका छन् ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा आफ्ना मागका सम्बन्धमा पटकपटक जानकारी गराइए पनि सम्बोधनका लागि पहल नभएकाले आन्दोलित हुनु परेको राष्ट्रिय पुननिर्माण प्राधिकरण हकहित संरक्षण समिति धनकुटाका अध्यक्ष विशाल शर्माले जानकारी दिनुभयो ।
आफ्ना माग पुरा नभए सम्म देशैभरीका प्राबिधिकहरुले काममा नफर्कनै उनीहरुले जानकारी दिएकाछन् ।



