प्रदेश १ का मन्त्री भन्छन,- प्रदेशको नामाङ्कन र राजधानी सहमतिबाटै टुङिगन्छ

मङ्गलबारे । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) को मङ्गलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नामाङ्कन र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताउनुभएको हो ।

पहिचानको आधारमै प्रदेशको नामाङ्कन गर्दा किराँत प्रदेश हुनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो । प्रदेश सरकार अहिले हिउँदे अधिवेशनबाट आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम बनाउने काममा लागिपरेको जनाउँदै उहाँले आगामी वर्षको बजेटमा यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

पाँच वर्षको अवधिमा प्रदेश नं १ मा कोही पनि जनता भोकमरी, आवासविहीन भएर बाँच्नु नपर्ने बताउँदै उहाँले प्रदेश सरकार समृद्धि र विकासको पक्षमा अघि बढिरहेको उल्लेख गर्नुभयो । धार्मिक तथा पर्यटकीयस्थलहरूको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । सिँचाइ, विद्युत्, कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्ने बताउनुभयो ।

मन्दिर निर्माणका लागि प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको सिद्धकिराँत हाङसाम युमा माङहिम (मन्दिर) का अध्यक्ष पञ्चबहादुर योङहाङले जानकारी दिनुभयो । कार्यक्रममा किराँत धर्मगुरू मुहिङगुम अङसिमाङ आत्मनन्द लिङदेन र गुरूमा पवित्रहाङमा लिङदेनले किराँत धर्मावलम्वीहरूलाई आर्शीवचन दिनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।