एक व्यक्तिको दुई तिर काजकिरिया : ६ छोरी एकातिर, भतिज अर्कोतिर

कृष्ण थपलिया, सर्लाही, २८ चैत । समाजको रुपान्तरण भएसंगै नेपालमा पनि नेपाली महिलाहरुमाथि लागेको विभिन्न किसिमका बन्देजहरु फुक्दै गयो । त्यस मध्येकै एउटा फुकुवा बन्देज बन्न सफल भएको थियो बाबुआमाको निधन पछि छोरीले पनि दागबती दिने र किरिया बस्ने प्रचलन । त्यस्तै प्रचलन तोड्ने क्रममा सर्लाहीका छ दिदीबहिनीले पनि हिम्मत गरेर बुबाको किरिया बसेका छन् । प्रचलनलाई उनीहरुले तोड्न खाजेको भए पनि समाजले सो कुरालाई पचाएन र भतिजा पनि किरिया बसे । एउटा व्यक्तिको मृत्युपछि एउटैमात्र ढिकुरो उठाउने प्रचलन भएता पनि यस स्थानमा भने एक व्यक्तिको मृत्युमा दुई ठाउँमा ढिकुरो उठाएर बेग्लाबेग्लै किरिया पुत्री बसेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका वडा नं. –४ पटौनामा एक जनाको मृत्युमा दुई स्थानमा ढिकुरोसहित क्रियापुत्री बसेका हुन् । विवाह गरेर गएकी छोरीले किरिया बस्न हुदैँन भन्ने मान्यता राख्ने दाजु भाइ र दिदिबहिनीबीच कुरा नमिल्दा एक जना व्यक्तिको दुईतिर काजकिरिया गरिरहेका हुन् । एकातिर छ जना छोरीहरु किरिया पुत्री बसेका छन्, भने अर्को तिर मृतकका भतिजा किरिया पुत्री बसेका छन् । विवाहित छोरी किरिया पुत्री बस्दा पितृ तर्दैन भन्ने वंशका अन्यलाई लागेको छ, भने अर्को तिर आफ्नै पिताको मृत्यु संस्कार गर्न बस्दा दाजुभाईले सहयोग नगरेको छोरीहरुको गुनासो छ ।

सर्लाहीको पटौना ४ का छ जना छोरीहरुले वंशजको नाममा आफूहरुमाथि शोकमा पनि पीडा दिने काम भएको गुनासो गरेका छन् । पिता आशमान महतको ९५ वर्षको उमेरमा गत चैत २३ गते मृत्यु भए पश्चात उहाँका छ छोरी र कान्छो ज्वाँई मृतकका कान्छी छोरी गीता महतको घरमा किरिया पुत्री बसेका छन् ।

आफ्ना बुबा बिरामी पर्दा दाजुभाई केही पनि सहयोग गर्न नआएको बताउने मृतक बुबा आशमानकी कान्छी छोरी गीता महतले बुवा जीवित रहँदा पालनपोषण आफूहरुले नै गरेको र अहिले मृत्यु संस्कार गर्ने समयमा दाजुभाईले असहयोग गर्दा आफुहरुलाई निकै दुःख लागेको बताइन । बुवा पाँच वर्ष थला पर्दा के –कसो छ भनेर कुनै दाजुभाई, सोध्न नआएको समेत उनको गुनासो रहेको छ ।

विवाह गरिसकेका चेली अर्थात कुलभन्दा बाहिरको गई सकेका छोरीहरु किरिया पुत्री बस्नु हुन्न भन्दै मृतक आशमानका भतिज रामेछापको लिखु तामाकोशी गाउँपालिकाका टेकबहादुर महत पटौना आएर स्थानीय गणेश मन्दिरमा बेग्लै किरिया पुत्री बसिरहेका छन् ।

मन्दिरमा बेग्लै किरिया पुत्री बसेका मृतकका भतिज टेकबहादुर महतले आफु कुनै अर्थ लाभको आशले भन्दा पनि हिन्दू परम्परालाई आत्मसाथ गर्दै पितृको उद्धारको लागि ठूलो बुवाको किरियामा बसेको बताउछन् । छारीहरु कन्या भएको भए मात्रै उनीहरुले काजकिरिया गर्दाहुन्थ्यो तर उनीहरु विवाह गरेर अन्यत्र गोत्रमा गएकाले धर्म परम्परा अनुसार काजकिरिया गर्न नमिल्ने भएकाले आफु किरिया पुत्री बसेको उनको तर्क छ ।

हिन्दू धर्म अनुसार बिचारा लिएर घरमा पुग्नेहरु संग किरिया पुत्री बसेका महत दिदीबहिनीहरुले आफुहरु छोरी हुनु अभिषाप हो ? जिउँदो हुँदा पालनपोषण गर्न हुने मृत्यु भएपछि काज किरिया गर्न पाउँदैन ? जस्ता प्रश्न सोध्ने गर्छन । आफ्नो मृतक पिताको पार्थिक शरीर स्थानीय बागमती नदिमा लगेर अन्त्येष्टि गर्ने बेलामा पनि दाजुभाईले आफूहरुमाथि दमन गरेका कान्छी छोरी गीताले गुनासो गरिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।