राष्ट्रपति भण्डारीद्वारा बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख प्रकट गर्नुभएको छ, भने शोक सन्तप्त परिवारप्रति सहानुभूतिसहित सम्बेदना ब्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै विपदको यस दुःखद् घडीमा पीडितहरुको उद्दार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरण तथा बेपत्ता भएकाहरुको खोजी कार्यमा राज्यका संयन्त्रहरुलाई परिचालित गराउने कार्यमा सम्बन्द्ध निकायको ध्यान पुग्ने विश्वाश ब्यक्त गुर्नभएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघ संस्था र समूदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुके उद्दार तथा राहत कार्यमा संलग्न हुन आह्वान पनि गर्नुभएको छ । साथै उहाँले भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पर्ने सावधानी अपनाउन सबैलाई ध्यानाकर्षण पनि गराउनुभएको छ ।

गत बिहीवारदेखि आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परी ६० जनाको ज्यान गएको छ, भने २६ जना बेपत्ता भएका छन् । त्यस्तै ३८ जना घाइते भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।