स्या’लहरुले सिँहलाई त’र्साउन नखोजे हुन्छ : प्रचण्ड

मुकुन्द कालिकोटे, काठमाडौं, २३ भाद्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केही स्यालहरुले सिंहलाई तर्साउन खोजेको बताएका छन् ।

प्रचण्डले चिहानमा कुहीसकेका, सढेगलेका भूतप्रेतनामी स्यालहरुले स्थापित संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न थालेको सुनाए । उनले भने,”म के भन्छु भने सिंहको अगाडि स्याल स्यालै रहन्छ, सिंह सिंह नै रहन्छ, स्यालले सिंहको अगाडि दिवास्वप्न नदेखे हुन्छ ।”

नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजि २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,”हिजोका सामन्तवादी, दलाल पूँजीपतिवर्गहरु अहिले सलबलाउन थालेका छन् ती निरङ्कुशवादीहरु पुनः राज्य सञ्चालन गर्न सकिन्छ कि भनेर सरकार र नेकपालाई बद्नाम गर्न खोजेका छन् यो स्वीकार्य हुनैसक्दैन, यो समावेशी लोकतन्त्रलाई उल्ट्याउने छुट कसैलाई छैन र स्वीकार्य पनि छैन ।”

अध्यक्ष प्रचण्डले आफूहरु स्थिर भएर बलियो हुनुको विकल्प नभएको सुनाए । उनले पार्टी एकताका बाँकी काम पनि चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले भने,”सुरेश वाग्ले र भीमसेन पोखरेल द्वोयको वैचारिक निष्ठा, आचरण,चरित्रभन्दा अहिले हामी केही खस्केका हौं कि भन्ने लाग्छ, हामी सबै नेता, कार्यकर्ताहरुले बलियो सोच, मन, तनले नेकपालाई एक आदर्श पार्टी बनाउन आव्हान गरे ।”

कार्यक्रलाई पार्टीका बरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सामन्तवादी राजतन्त्र समाप्त पारेको सुनाए । उनले भने,”नेपाली जनताले प्राप्त गरेको यो उपलब्धीहरुलाई एकजुट भएर बचाउनुपर्छ ।”

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधारभूत सिद्धान्तको लक्ष्य हाँसिल गर्नको लागि सिँगो पार्टी पँक्ति एक ढिक्का भएर अघि बढ्नुपर्ने सुझाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।