हेल्लो सरकार पोर्टललाई सबै स्थानीय तहसम्म विस्तार गरिंदै

काठमाडौं । सरकारले गाउँ स्तरमै नागरिकका गुनासा सुन्ने संयन्त्र विकास गर्ने भएको छ । नागरिकलाई सरकारसँग जोड्न हेल्लो सरकार पोर्टललाई सबै स्थानीय तहसम्म विस्तार गर्न लागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको हेल्लो सरकार कार्यालयले नागरिकका गुनासोलाई प्रभावकारी रुपमा संवोधन गर्ने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ स्थानीय तहसँग विवरण माग गरेको छ ।

हेल्लो सरकार पोर्टललाई सबै स्थानीय तहसम्म जोड्न नयाँ योजना ल्याइएको गुनासो सुन्ने इकाइका प्रमुख शेखर पौडेलले सीआईएनसँग बताउनुभयो । यसका लागि पोर्टल व्यवस्थापनको काम सबै सकिएको इकाई प्रमुख पौडेलले जानकारी दिनुभयो ।

सरकारले २०६८ सालमा नागरिकको गुनासो सुन्न भनेर हेल्लो सरकार सेवा सुरु गरेको आठ वर्षको अवधिमा ९१ हजार एक सय २३ गुनासो आएका छन् । त्यसमा ६ हजार ४४ वटा मात्र गुनासा सुनुवाई हुन बाँकी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖