पहिरोले संखुवासभाको सभापोखरी थुन्यो, बाह्रबिसे बजार नै जोखिममा !

संखुवासभा । वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेपछि सभाखोला थुनिएर बस्ती नै जोखिममा परेको छ । बुधबार दिउँसोसाढे २ बजेतिर पहिरो खसेपछि सभाखोला थुनिएको उज्यालो अनलाईनमा खबर छ ।

सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारबाट ३ किलोमिटर उत्तरमा रहेको फाक्सीबुङको सिँगै पाखो नै बगेर सभाखोला थुनिएर तीन सय मिटरभन्दा ठूलो ताल जमेको सभापोखरी–६ नम्बरका वडाध्यक्ष बिकास पौडेलले बताउनुभयो ।

सभाखोला गाउँपालिकाको वडा नम्बर ४ र ६ नम्बर वडाको बीचमा रहेको सभाखोलामा फाक्सीबुङको सिँगै पाखो नै बगेर सभाखोला थुनिएको उहाँले बताउनुभयो । पहिरोले फाक्सीबुङमा रहेको गोठहरु समेत बगाएको छ ।

त्यहाँ मानवीय बस्ती नभएकाले अहिलेसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष पौडेलको भनाइ छ । पहिरोले थुनिएको सभाखोलाको वारिपट्टि फाक्सीबुङ पर्छ भने पारिपट्टि खेवारिङ पर्दछ । खोला नै थुनिएर ताल जमेपछि ताल फुटेमा तलतिर रहेको गाउँपालिकाको केन्द्र समेत रहेको बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ ।

बाह्रबिसे बजारमा झण्डै सय घर रहेको र माथिबाट जमेको ताल फुट्यो भने बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट एकदिन टाढा पूर्वमा पर्दछ । तीन दिनदेखि अविरल वर्षा भइरहेकाले यस क्षेत्रमा पहिरो झरिरहेको छ ।

अविरल वर्षाका कारणले सञ्चार सम्पर्क गर्न समेत मुस्किल रहेको छ । पहिरोले खोला थुनिएपछि बाह्रबिसे बजार र आसपासका क्षेत्रहरु उच्च जोखिममा परेका छन् । त्यसैले स्थानीय मानिसहरु समेत त्रसित बनेका छन् । थुनिएको सभाखोला एकैपटक खुलेमा तुम्लिङटारसम्म प्रत्यक्ष असर पर्ने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।