सुदूर पश्चिम सेवा समाज यूएईद्वारा स्व’र्गिय साउदको परिवारलाई आ’र्थिक सहयोग प्रदान

मान बहादुर के.सी. ‘मुस्कान’,कैलाली । आ’पत्ति र बि’पत्तीका परेका बेला स’हयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले स्व’र्गीय नयाराम साउदको परिवारलाई रु ५०,००० ( पचास हजार ) आ’र्थिक स’हयोग गरेको छ ।

उक्त आ’र्थिक सहयोग रकम सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक महासचिब तथा बर्तमान सल्लाहाकार मान बहादुर के.सी. ‘मुस्कान’ र टिकापुर नगरपालिका-का प्रबक्ता तथा वडा नम्बर-४ का वडा-अध्यक्ष दिर्घ ठकुल्लाले स्व’र्गीय नयाराम साउदका घरमा गई साउदकी धर्मपत्नी निर्मला साउदलाई प्रतक्ष्य भेटेर संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक महासचिब तथा बर्तमान सल्लाहाकार मान बहादुर के.सी. ‘मुस्कान’को उपस्थितीमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा टिकापुर नगरपालिका-का प्रबक्ता तथा वडा नम्बर-४ का वडा-अध्यक्ष दिर्घ ठकुल्ला प्रमुख अथिती हुनहुन्थ्यो, त्यस्तै बिशेष अथितीहरुमा पत्रकार महासंघ कैलालीका सदस्य तथा सुदूर सन्दर्भका सम्पादक भिम बहादुर बि.क., टिकापुर एक्स्प्रेसका सम्पादक मान बहादुर ठकुल्ला, ने.क.पा. नगर सदस्य तथा जनजाती सन्जालका वडा संयोजक जितराम चौधरी, ने.क.पा. नगर सदस्य धन सिंह साउद, दीपक साउद, अपाङ्ग सन्जालका वडा स्तरिय संयोजक प्रमोद लोहार रहनु भएको थियो ।

कैलाली जिल्लाको टिकापुर नगरपालीका वडा नम्बर-४ घर भई यूएईको फर्स्ट सेक्युरेटी कम्पनीमा कार्यरत नयाराम साउदको गत ३० सेप्टेम्बर २०१९ का दिन दु’र्घटनामा परि मृ’त्यु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्णले मृ’त आ’त्माको चि’र शा’न्तिको कामना सहित सो’काकुल परिवारजन प्रती धैर्यधारण ब्यक्त गर्दै सहयोगी मनहरुलाई धन्यवाद दिएका थिए, भने सुदूर पश्चिम सेवा समाज यूएईले गर्दै आएका समाज सेवाका कामहरुको पनि खुलेर नै प्रशंशा गरेका थिए ।

स्व’र्गीय साउदकी धर्मपत्नी निर्मला साउदले सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यवाद दिदै आफुहरु दु’:खद घडिमा हुदा रा’हत दिनु भएकोमा सुदूर पश्चिम सेवा समाज यूएई लगायत जो जसले सहयोग गर्नु भयो सबै प्रती आभार प्रकट गर्नु भएको थियो । स्मरण रहोस् स्व’र्गीय साउदको परिवारमा बुढी आमा, श्रीमती र ना’बालक दुई छोरा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖