सौतेनी आमासँग वि’वाद बढेपछि छोराछोरीलाई खुवाइन् वि’ष मिसाएको तरकारी

काठमाडौं । घरायसी वि वादमा तरकारीमा विष हालेर खाँदा वीरगञ्जमा एक महिलाको मृ त्यु भएको छ भने सोही परिवारका अन्य ५ जना सदस्य बिरामी भएका छन् ।

वीरगञ्ज–२४ बहुअरीका जगदिश कुर्मीकी श्रीमती ३४ बर्षकी राधिकादेवीको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिए । सौतेनी छोरीसँगको झगडाको रिसमा राधिका देवी पटेलले सोमबार बेलुका तरकारीमा ‘अल्मुनियम फस्फेट’ नामक वि षादी मिसाएर परिवारलाई खुवाएकी थिइन्।

वि ष मिसिएको तरकारी खाँदा उनको केही समयमै मृ त्यु भएको थियो। परिवारका अन्य ५ जनाको नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ। श्रीमान् जगदीश घरबाहिर रहेको बेला राधिकाले यस्तो घ टना गराएको बुझिएको साहले बताए।

उनका अनुसार वि षादी मिसिएको तरकारी खाँदा राधिकाकै तीन वर्षीय छोरा विवेककुमार, सौताका छोरा राकेश पटेल, विकास पटेल, विशाल पटेल र छोरी मनिषा पटेल बिरामी छन्। नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा उनीहरूको उपचार भइरहेको छ। ‘सोमबार बिहान खाना कसले पकाउने विषयमा राधिका र मनिषाबीच विवाद भएको रहेछ, प्रहरी निरीक्षकले भने, ‘त्यसपछि आवेशमा आएर राधिकाले राति खाना पकाउँदा तरकारीमा विषादी हालेर आफूसहित परिवारका सदस्यलाई खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विरामी आईसीयूमा भएकोले थप सोधपुछ गर्न पाएका छैनौं ।’

प्रहरीका अनुसार राधिका देवी र सौताकी छोरी मनिषा पटेलबीच झ गडा भइरहन्थ्यो थियो। ‘त्यसैको रिसमा परिवारलाई नै वि ष मिसाएर तरकारी खुवाएको आ शंका गरिएको छ,’। पन्ध्र वर्षअघि जेठी श्रीमतीको मृ त्यु भएपछि जगदीशले राधिकालाई बिहे गरेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।