हजारौं ट्याक्सी व्यवसायीहरुले गरे धुर्मुसलाई सहयोग, भा’वुक बने धुर्मुस (भिडियो सहित)
काठमाडौ । बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग जुटाउन सिताराम कट्टेल ‘धुर्मुस’ अहिले काठमाण्डौं आएका छन् । आज विहान धुर्मुसलाई ट्याक्सी व्यवसायीहरुले सहयोग गर्ने भएका छन् ।
धुर्मुस सुन्तलीको निर्माणमा बन्न लागेको चलचित्र सेन्टिभाईरसले नाफा कमाएको रकमको केहि प्रतिशत रंगशाला निर्माणमा दिने भएकाले गर्दा ट्याक्सी व्यवसायीहरुले यस अभियानमा सहयोग गर्न लागेका हुन् ।
राजधानीका ११ हजार ट्याक्सी व्यवसायीहरुले आफ्नो ट्याक्सीमा यस चलचित्रको पोष्टर टाँसेर चलचित्रको प्रचार प्रसारमा सहयोग पुर्याउने छन् । त्यस्तै सबै ट्याक्सी व्यवसायीहरुले यस चलचित्रलाई हलमा गएर हेरेर रंगशाला निर्माणमा हात्तेमालो समेत गर्ने प्रतिवद्दता जनाएका छन् ।
ट्याक्सी व्यवसायीहरुले औपचारिक कार्यक्रम मार्फत आफुहरुले धुर्मुस सुन्तलीको यो महाअभियानलाई सहयोग पुर्याउने र रंगशाला बनाउन रकम जुटाउन हरकिसिमबाट सहयोग पुर्याउने जनाएका छन् ।

आजबाट काठमाडौका ११ हजार ट्याक्सीहरुमा यस चलचित्रको पोष्टर टासिनेछ भने देशभरका ५० हजार बढि टिपर, माइक्रोबस देखि बसहरुमा समेत यस चलचित्रको पोष्टर टाँसेर सहयोग गर्ने यातायात व्यवसायीहरुले जनाएका छन् ।
कार्यक्रममा बोल्दै धुर्मुसले भने, “हामीले सेन्टिभाईरस चलचित्र मनोरन्जनात्मक बनाएका छौं र यस चलचित्रबाट कमाएको नाफाको केहि प्रतिशत रंगशाला निर्माणमा योगदान गर्नेछौ । यस चलचित्रका निर्माताले यो प्रतिबद्दता लिनु भएको छ कि चलचित्रको नाफाबाट रंगशाला देखि सामाजिक कार्यमा सहयोग पुर्याउने र यसरी नै सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरेमा रंगशाला निर्माणलाई श्रोत साधन जुट्नेमा ढुक्क छौ ।”


