लेखापरीक्षक मृ’त्यु प्रक’रण : मध्यरातमा किन लेखापरीक्षकलाई बाटैमा छोडे अनीलले ?

काठमाडौं,मोरङको उर्लाबारीका ब्यापारी अनील महेश्वरी(चाण्डक) यति बेला बिराटनगरका लेखापरीक्षक प्रवल घिमिरेको मृ’त्यु प्रक’रणमा तानिएका छन् ।

लेखा परीक्षक घिमिरेलाई अनीलले माघ ६ गते राति आफ्नै गाडीमा हालेर रातको १० बजे वडा प्रहरी कार्यालय (पुरानो डिएसपी अफिस) अगाडि छोडेका थिए । अनीलले घिमिरेलाई विराटनगर रोडशेषको एउटा गजल रेस्टुरेन्टबाट उठाएर प्रहरी कार्यालय अगाडि छोडेका थिए ।

समाचार स्रोत भन्छ – लेखा परीक्षक घिमिरे र महेश्वरी बीच ४ घण्टा अघि मात्रै चिनजान भएको थियो । महेश्वरीले पनि आफ्ना दाजु ब्यापारिक सहयोगी नन्दकिसोर राठीको अनुरोधमा घिमिरेलाई गाडीमा चढाएर रेस्टुरेन्टबाट प्रहरी कार्यालय अघि सम्म पु¥याएर छोडेका थिए ।

तर, अनीलले किन घिमिरेलाई प्रहरी कार्यालय अगाडि पु¥याएर छोडे भन्ने प्रश्नको जवाफ प्रहरीले खोजिरहेको छ । मदिरा पिएर बेहोस अवस्थामा रहेका घिमिरेलाई अनीलले मध्यरातको १० बजे किन त्यहाँ छोडे ? अहिले परिवारले पनि यो प्रश्नको जवाफ खोजिरहेको छ ।

लेखा परिक्षक घिमिरे विराटनगरमा चलेका अडिटर हुन् । ठूला उद्योग घरानाको लेखा परीक्षण गर्दै आएका घिमिरेले विगत एक दशक देखि नन्दकिसोर राठी सञ्चालक रहेका उद्योग र कम्पनीहरूको लेखा परीक्षण गर्दै आएका थिए । राठीको नातेदार बताउने महेश्वरी पनि केही महिना यता आन्तरिक राजश्व कार्यालय धाइरहेका ब्यापारी हुन् ।

दैनिक करोडौंको ब्यापार गर्ने तर, मूल्य अभिवृद्धि कर भने ४÷५ लाख रुपियाँको कारोवार देखाएर तिर्ने गरेको सूचना पाएपछि उनी माथि राजश्व कार्यालयले निगरानी बढाएको थियो । भारतीय सीमावर्ती बजारबाट एजेन्ट मार्फत भन्सार छलेर करोडौंका सामग्री ल्याएर बिक्री गर्ने अनील महेश्वरी पछिल्लो समय दिन दुगुना रात चौगुना पैसा कमाउने ब्यापारीमा दरिएका छन् ।

उनले घिमिरेलाई नचिनेको बताए पनि अनुसन्धानले चाँडै उनीहरूको सम्बन्धका बारेमा प्रस्ट पार्ने जानकारहरू बताउँछन् । तर, पनि प्रहरीले अनुसन्धान पुरा नगरी महेश्वरी दो’षी नै हुन्न भन्ने ठाउँ छैन् ।

एक ब्यापारीले भने – उनी सरल मानिस हुन् । तर,प्रहरीले अनुसन्धानको घेरामा राखेको ब्यक्तिलाई हामीले बचाउ गर्न सक्दैनौ । उनको भनाई छ – अनुसन्धानले सबै कुरा छर्लङ्ग बनाउँला नै, अहिले बोल्नु हतार हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖