पत्रकार बन्न अब लाइसेन्स लिनुपर्ने

काठमाडौं, १३ माघ । मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएको हो ।

समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउन चाहानेहरुका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमतिसहित पारित गरिएको बताउनुभयो ।

‘सबै पत्रकार र संस्थाको अभिलेखिकरण काउन्सिलमा पनि हुनुपर्ने छ । अभिलेख राख्ने क्रममा अहिले पेशामा रहेकाहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था गरिने छैन् । नयाँ आउन चाहानेहरुका लागि काउन्सिलले पाठ्यक्रमको आधारमा परीक्षा लिएर लाइसेन्सको व्यवस्था गर्ने कुरा पारित भएको छ’, उहाँले भन्नुभयो ।

सभापति गुरुङले दण्ड जरिबानाको व्यवस्था अदालतबाट गराउने तर काउन्सिलले आचारसंहिता उलंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउनेदेखि लिएर निलम्बन गर्ने वा प्रमाणपत्र खारेजिका लागि सम्बन्धित निकायले सिफारिस गर्न सक्ने व्यवस्था पनि गरिएको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।