राज्यमन्त्री डिम्पल झाको राजीनामाले समाजवादी-राजपा गठब’न्धनमा क’म्पन

काठमाडौं । डा. डिम्पल झाले प्रदेश नं २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री पदबाट मंगलबार राजीनामा दिएकी छिन् । उनले प्रदेश सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी छिन् । यो घ’टनाले प्रदेशको सत्ता गठबन्धनमा क’म्पन ल्याएको छ ।

डिम्पल झाले उपभोक्ता समितिमार्फत् गराएको कामकाजेको रकम भुक्तानी नगरेको र उपभोक्ताको अत्याधिक दबाब भएको बताउँदै राजीनामा दिएको बताएकी छिन् ।

तर, यो घ’टना प्रदेश नं २ को सत्ता गठबन्धनमा परिवर्तन गर्ने गृहकार्य भइरहँदा भएको हो । डिम्पल झा राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका नेता अनिलकुमार झाकी पत्नी हुन् । राजपाभित्र समाजवादी पार्टीसँगको सत्ता गठबन्धन छाडेर नयाँ शिराबाट बढ्नुपर्ने पक्षधरमध्येका झा एक हुन् ।

राजपाले राष्ट्रियसभा चुनावमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर दुई सिट सुरक्षित गरेको छ । अब नेकपा र राजपाको सरकार बनाउन एउटा समूह सक्रिय भइसकेको छ । राजपालाई मुख्यमन्त्री दिएर सरकारमा सहभागी हुन नेकपा तयार देखिएको छ । यही गृहकार्य भइरहँदा डिम्पल झाको राजीनामाले निकै अर्थ राखेको छ ।

राजपाभित्र नेकपासँग गठबन्धन गर्ने पक्षमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव छन् । महन्थ ठाकुर र महेन्द्र राय यादव यसको विपक्षमा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।