अग्नि सापकोटाको स्थानमा शिवमाया तुम्बाहाङ्फे !
काठमाडौं, माघ १५ । नेपाल कम्युनिष्ट पार्टीले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
तुम्बाहाङ्फेले उपसभामुख निर्वाचित भएपछि पार्टी सदस्यता त्या’ग गर्नुभएको थियो । उपसभामुख बन्नुअघि उहा तत्कालिन नेकपा एमालेको केन्द्रीय सदस्य रहनु भएको थियो ।
पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उहा सहभागी हुनु भएको छ । एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नपाइने संवैधानिक व्यवस्थाअनुसार उहाले उपसभामुख पद छोड्नु परेको थियो ।
पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो । पहिले नै केन्द्रीय सदस्य रहनु भएकी उहालाई सापकोटाको स्थानमा मनोनित गरिएको हो ।


