अलमल नगरी एमसीसी पारित गरौं : प्रधानमन्त्री

काठमाडौं, माघ १५ । प्रधानमन्त्री केपी ओलीले अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी) एमसीसी परियोजना संसदबाट पारित गराउन कुनै अलमल गर्नु नपर्ने बताएका छन् ।

बुधबारदेखि काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस परियोजनामा सार्वभौसत्तामा असर पर्ने गरी सम्झौता नगरिएको प्रष्ट गरे । यो मुलुकलाई आएको ठूलो सहायता हो भन्दै उनले यसबारे धेरै प्रश्न गरिरहनु नपर्ने पनि बताए । यसको अर्को कुनै विषयसँग साँठगाँठ नभएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘पाँच वर्षमा काम गर्न नसकिए सम्झौता जहाँ पुगेको हो त्यहींबाट सकिन्छ । सम्झौताले त्यही भनेको छ । ४० भन्दा बढी देशमा यसै परियोजनामा काम भइरहेको छ ।

इण्डो प्यासिफिक रणनीतिसँग यसको कुनै संलग्नता छैन । कसैको भित्री के स्वार्थ छ भन्ने खोतल्ने होइन, हाम्रो स्वार्थ अनुसार छ कि छैन हेर्ने हो । हाम्रो लाभ छ कि छैन हेर्ने होइन । अरुको स्वार्थ के छ भनेर पछाडि किन दौडने ? हाम्रो लाभ कहाँ छ त्यो खोज्ने हो । यो सम्झौताले हाम्रो सार्वभौमसत्तामा कुनै असर गर्दैन ।’

एमसीसी पारित गर्न भूमिका नखेलेको आरोप ब्यहोरिरहेका तात्कालीन सभामुख कृष्णबहादुर महरा मन्त्री भएका बेलामा संसदबाट पारित गर्न कुनै अफ्ठ्यारो नहुने भनेर बचन दिएको जिकीर पनि प्रधानमन्त्री ओलीले गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।