नेपालमा नि’र्धक्क भएर काम गर्ने वातावरण छैन

इटहरी । स’हिदहरूको स्मृतिमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले बिहीबार दुहबीमा मैनबत्ती बा’ली सहिदहरूको सम्झनामा मौ’न धारण गर्दै स’हिद दिवस मनाएको छ । स’हिदहरूले दिएको योगदानलाई सम्मान गर्दै मैनबत्ती बाली दुहबी चौकमा मौ’न धारणको कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका अध्यक्ष मनिष कुमार मारुले स’हिदहरूको त्या’ग त’पस्याका कारण नेपालीहरूले स्वतन्त्रता प्राप्त गरेको स्मरण गर्दै स’हिदहरूले देखाएको बाटोमा सबै नेपालीहरू एकजुट भएर हिँड्न सके मात्र सहिदहरुको सम्मान हुने बताएका छन । राष्ट्र निर्माताहरुले भाषणमा भन्दा व्यवहारमा एकरूपता ल्याउन सके सबै समस्याको समाधान हुने बताए ।

व्यवसायीहरूले नि’र्धक्क भएर लगानी तथा काम गर्ने वातावरण नभएको र राज्यले पूर्ण सुरक्षा दिन नसकेको बताउँदै उनले व्यवसाय तथा उद्योगलाई प्र’वद्र्धन गर्ने कार्यक्रम ल्या’उन समेत सरकार समक्ष माग गरेका छन ।

कार्यक्रममा दुहबी नगरपालिकाकी उप मेयर सुनिता शाह, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी कम्पनीका कार्यकारी निर्देशक हरि वंश राठी, कम्पनीका सञ्चालकहरू , कर्मचारीहरू, र पत्रकारहरू लगायतको उपस्थिति रहको थियो । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लिले बन्धन सिमेन्ट नामक ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।