चीनबाट नेपाली विद्यार्थीहरुलाई रेsक्यू गर्न २ जहाज रेडी छन् : मन्त्री भट्टराई

काठमाडौं, १८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन जहाज तयारी अवस्थामा रहेको स्पष्ट पारेका छन्।

शनिबार नेपाल टुरिजम बोर्डमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनजले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा रहेको बताए ।

उनले भने,‘हाम्रो पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको छ । अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको कुरा आएको छ ।’ चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।

मन्त्री भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि दुईवटा जहाज तयारी अवस्थामा राखेको स्पष्ट पारे । उनले भने,‘आवश्यक पर्‍यो भने दुईवटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रे’स्क्यु गर्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।