अब उप्रान्त पैसा मागेर कुनै पनि काम गर्ने वाला छैन : धुर्मुस

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका कलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल ‘धुर्मु’सले रंगशाला निर्माण भए पछि अब पैसा मागेर काम नगर्ने बताएका छन् । पैसा मागेर काम गर्ने काम यो नै अन्तिम भएको सीताराम बताउँछन् ।

“अब उप्रान्त म मागेर कुनै पनि काम गर्ने वाला छैन । यो अन्तिमपटकको अपिल हो,” केही दिन अगाडि पोखराका पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “देशको लागि केही गर्ने भन्ने इच्छा चाहना सबै नेपालीको लागि छ । यो अवसर र मौका हो ।”

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लगानी ३ अर्ब रहेको छ । प्रति व्यक्ति १०० रुपैयाँ दिए पनि पुग्छ । तर उनलाई यति बेला लगानी जुटाउन पटपक पटक अपिल गर्दै आएका छन् ।

“अहिले मेरो दिमागमा रंगशालाबाहेक केही छैन । उठेदेखि नसुतेसम्म मेरो दिमागमा रंगशाला मात्रै छ, मलाई कसैले डाइभर्ट गर्न सक्दैन, सुत्दा पनि म रंगशालाकै विषयमा कसैले कम्प्लेन गरेको सपना देख्छु,” उनले भने ।

सीताराम आफ्नो चलचित्र ‘सेन्टी भाइरस’को नाफाको ५० प्रतिशत सोही रंगशाला निर्माणमा लगानी गर्दे बताउँ आएका छन् । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र फागुन ९ गते रिलिज हुँदै छ । चलचित्रमा सीताराम मुख्य भूमिकामा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।