सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख ज’रिवाना

काठमाण्डौं । चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख ज’रिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम ज’रिवाना गराएको हो ।

विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यका र नाकासम्म पुगेर अनुगमन गरिँदै आएको छ । उपत्यका बाहिर पुग्न नसकिए पनि उपत्यकाभित्र नियमितरूपमा अनुगमन भइरहेको छ ।

विभिन्न माध्यमबाट आएका उजुरी र गुनासोका आधारमा समेत अनुगमन भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सूचनाका आधारमा र आफैँले पनि उपयुक्त स्थान छानेर नियमितरूपमै अनुगमन र कारवाही गरिरहेका छौँ ।”

विभागको जिम्मेवारी सडक नियमको पालना गराउने भए पनि जनशक्ति कमीलगायतका कारण विभागभन्दा ट्राफिक प्रहरी सडक नियम पालना नगर्ने सवारी साधनलाई का’रवाही गरिरहेको देखिन्छ । ट्राफिक प्रहरीले सवारी साधनले ग’ल्ती गर्दा का’रवाही गरे पनि नियमितरूपमा सडकमा अनुगमन कम गरेको यात्रुले गु’नासो गर्दै आएका छन् ।

विभागमा सडक अनुगमनका लागि पर्याप्त जनशक्ति नभएको महानिर्देशक हमालले बताउनुभयो । सवारी ऐनले सडक नियमको नियमन र आवश्यक कारवाहीको अधिकार ट्राफिक प्रहरी र विभाग दुवैलाई दिएको छ । नयाँ संरचनाअनुसार प्रदेश र स्थानीय तहलाई पनि सडक नियम पालना गराउने अधिकार दिइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।