नेकपाले बनायो एमसिसीबारे तीन सदस्यीय कार्यदल

काठमाडौं, १९ माघ । एमसिसीबारे सुझाव संकलनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा जारी नेकपाको दोस्रो पूर्ण केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । उक्त कार्यदलमा खनालसँगै स्थायी कमिटी सदस्य भीम बहादुर रावल र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली रहेका छन् ।

नेकपाभित्र एमसिसीलाई संसदबाट पारित गर्ने कि नगर्ने भन्नेबारे विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्टममै उभिएर एमसिसी पारित गर्ने बताईसकेका छन् । तर, भीम रावललगायतका प्रभावशाली नेताहरुले भने कुनैपनि हालतमा एमसिसी पारित गर्न नहुने भन्दै परिमार्जन गर्न जोड दिँदै आएका छन् ।

जारी केन्द्रीय कमिटीको बैठकमा समेत एमसिसीलाई लिएर केन्द्रीय सदस्यहरुले आफ्नो मत राखेका थिए । अधिकांश केन्द्रीय सदस्यहरुले एमसिसी पारित नगर्न नेतृत्वलाई सुझाव दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।