प्रधानमन्त्री ओलीको रात्रिभोज– माधव नेपालसहितका नेताले गरे ब’हिष्कार !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोज वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले ब’हिष्कार गरेका छन् ।

रात्रिभोजमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ तथा महासचिव विष्णु पौडेल लगायतका नेताहरु भने उपस्थित भएका थिए ।

आइतबार बेलुकी ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोजमा नेपालसहित उनी निकट केही नेताहरुले ब’हिष्कार गरेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्री निवासमा आयोजना गरिएकाले रात्रिभोजमा नेपालसहितका नेताहरुले ब’हिष्कार गरेका हुन् ।

बेलुकी ६ बजे सुरु भएको रात्रिभोजमा सहभागीलाई प्रधानमन्त्री ओलीले स्वागत गरेका थिए । रात्रिभोजमा सामान्य खाना मात्र रहेको थियो । रात्रिभोज ७:३० बजे सकिएको थियो ।

बैठकमा सहभागी केन्द्रीय सदस्यको मोबाइलमा म्यासेज मार्फत निमन्त्रणा गरिएको थियो निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पनि गरिएको थियो ।

केन्द्रीय कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भइरहेका बेला नेतृत्वले नेताहरुलाई भोज खुवाएर उनीहरुको आ’क्रोशलाई म’त्थर पार्ने प्रयास गरेको हुनसक्ने नेताहरुको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।