कर नतिरेसम्म एनसेललाई फ्रिक्वेन्सी नदिन लेखा समितिको सरकारलाई निर्देशन

काठमाडौं, १९ माघ । संसदको सार्वजनिक लेखा समितिले सबै कर चु’क्ता नगरेसम्म निजी क्षेत्रको सञ्चार प्रदायक संस्था एनसेललाई फ्रिक्वेन्सी नदिन सरकारलाई निर्देशन दिएको छ ।

समितिले पूरै कर तिरेपछि मात्र एनसेललाई फ्रिक्वेन्सी दिन निर्देशन दिएको हो । समितिको आइतबार बसेको बैठकले यस्तो निर्देशन दिदै एनसेलले सरकारलाई तिर्नु पर्ने कर नतिरसेसम्म कुनै पनि प्रस्ताव प्रक्रिया अगाडि नबढाउन भनेको छ ।

एनसेलले पूँजीगत लाभकर नतिरेको कारण नेपाल दुरसञ्चार प्राधिकरणबाट एनसेलले पाउने १८ सय मेगाहर्ज ब्यान्डको पनि सम्झौता भएको छैन । सरकारलाई एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ कर तिर्नुपर्नेमध्ये करिब साढे ४ अर्ब रुपैयाँ मात्रै बुझाएको छ।

एनसेलले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको ८० प्रतिशत रकम भूक्तानी गर्न बाँकी नै रहेको छ । २० प्रतिशत रकम मात्र भूक्तानी गरिगसकेको एनसेलले बाँकी रकम भने चार किस्तामा तिर्न सक्ने व्यवस्था गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।