एमसीसीको अध्ययन गर्न नेकपाले बनाएको कार्यदलद्वारा काम सुरु

काठमाडौं, २० माघ । सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन गर्न बनाएको कार्यदलले काम सुरु गरेको छ ।

आइतबार नेकपा केन्द्रीय कमिटीको बैठकमा कार्यदल बनाउने निर्णय भएसँगै कार्यदलले आजबाट छलफल सुरु गरेको हो । सिंहदबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसीसीको सुरुवात र दस्तावेज संकलन गर्ने विषयमा छलफल गरेको छ ।

झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा एमसीसीको चर्को वि’रोध गर्दै आउनुभएका भीम रावल र परराष्ट्रमन्त्री एवं एमसीसीको पक्षधर प्रदीप ज्ञवाली सदस्यमा छन् ।

कार्यदलले एमसीसीको सम्बन्ध अमेरिकी सैन्य रणनीतिक परियोजना इन्डो प्यासिफिकसँग छ कि छैन ? नेपालको हीतमा छ कि छैन ? लगायतको अध्ययन गरेर केन्द्रीय सचिवालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।

सडक र विद्युत परियोजनामा लगानी गर्नका लागि अमेरिकाले ५० अर्बभन्दा बढी सहयोग गर्न लागेको हो । तर, सोही परियोजनाको कतितपय बुँदालाई लिएर पार्टीभित्र विरोध हुन थालेपछि कमिटीले कार्यदल गठन गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।