विद्यार्थीको रुचिअनुसार शिक्षालाई वर्गीकरण गर्नुपर्छ

चितवन, २० माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षामा विविधिकरणको आवश्यकता रहेको औंल्याउँदै विद्यार्थीको रुचिअनुसार शिक्षालाई वर्गीकरण गर्नु आवश्यक रहेको बताउनु भएको छ ।

भरतपुर महानगरपालिका ६ पारसनगरमा रहेको शहीद स्मृति माध्यामिक विद्यालयले सोमबार आयोजना स्वर्ण महोत्सवको समापन समारोहमा उहाँले शिक्षकले तलब मात्रै खाने नभइ गुणस्तरमा ध्यान दिन आवश्यक रहेको औँल्याउनु भयो ।

अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षाको रुपमा रहेको बताउँदै उहाँले अबको शिक्षाले उत्पादित जनशक्ति कति खपत हुन्छ भन्ने विषयमा समीक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

निजी क्षेत्रले शिक्षामा दिएको योगदानभन्दा राज्यको योगदान ठूलो भए पनि राज्यबाट सञ्चालित विद्यालयले प्रतिफल दिन नसकेको प्रस्ट पार्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।